इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
डुंगा आइतबार मध्यराति दुर्घटनामा परेको हो।
१९ जना बेपत्ता रहेकोमा उनीहरुको खोजी भइरहेको इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ। उद्धार गरिएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
डुंगामा करिब ४० जना यात्रु सवार रहेको बताइए पनि वास्तविक संख्या कति हो भन्ने खुलिसकेको छैन।
'दुई टोली बनाएर दुर्घटनास्थल आसपास खोजी भइरहेको छ,' उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाहले बताएका छन्।
१७ हजारभन्दा बढी टापु भएको इन्डोनोसियाका टापुमा रहेका तालमा डुंगा दुर्घटना भइरहन्छन्।
12
Shares
प्रतिक्रिया