ग्लोबल


महात्मा गान्धीका पनाति गिरफ्तार, भन्छन्– यसमा मलाई गर्व छ

महात्मा गान्धीका पनाति गिरफ्तार, भन्छन्– यसमा मलाई गर्व छ

फाइल तस्बिर : तुसार गान्धी (इन्सेटमा महात्मा गान्धी)


नेपालखबर
साउन २४, २०८० बुधबार २०:३७, मुम्बई

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन्। शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो। 

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन्। 

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दावाद’ लेखेका छन्। सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगस्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो।

यसैबीच महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा ‘आज महत्त्वपूर्ण दिन हो...यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन्। महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ। अहिले उनका नातिनातिनालाई हिरासतमा राखिएको छ। के हामी अझै औपनिवेशिक युगमा छौँ,’ प्रश्न गरे। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad