ग्लोबल


मध्यराति गुडिरहेको रेलभित्र बम छ, बचाऊ भनेर यात्रुले प्रहरीलाई फोन गरेपछि...

मध्यराति गुडिरहेको रेलभित्र बम छ, बचाऊ भनेर यात्रुले प्रहरीलाई फोन गरेपछि...

अभियुक्त प्रहरीको हिरासतमा। तस्बिर : अमर उजाला


नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:९, काठमाडौँ

मंगलबार राति १२:५० बजे गोरखपुर जंक्शन पुगेको बिहार सम्पर्क क्रान्ति ट्रेनका अधिकांश यात्रु निदाइरहेका थिए। यसैबीच प्रहरीको कन्ट्रोल रुममा एक व्यक्तिले फोन गरी दिल्लीबाट जाँदै गरेको उक्त ट्रेनमा बम रहेको जानकारी दिए र भने– सक्छौ भने बचाऊ। प्रहरी नियन्त्रण कक्षबाट तुरुन्तै जीआरपी र आरपीएफ गोरखपुरलाई जानकारी दिइयो। प्रहरी, जीआरपी र आरपीएफ टोली अलर्ट भए। 

जीआरपी र आरपीएफको टोलीले रेलका सबै डिब्बामा खोजी गर्न थाल्यो। राति रेलमा एक्कासि खोजतलास गरिँदा यात्रुसमेत हैरान भए। जब सबै कुरा ठीक देखिएपछि रेललाई अगाडि पठाइयो तर बमको डर रेल गन्तव्यमा नपुगुन्जेल रहिरह्यो। 

झुटो हल्ला फैलाउन व्यक्ति पक्राउ

एसपी रेलवेको निर्देशनमा जीआरपी स्टेसन इन्चार्ज इन्स्पेक्टर विजय प्रताप सिंह, आरपीएफ पोस्ट कमान्डर दशरथ प्रसाद, इन्स्पेक्टर क्राइम विनोद कुमार राईको नेतृत्वमा जीआरपी र आरपीएफको संयुक्त टोली नयाँ दिल्ली गयो र मोहम्मद जहाँगिरलाई पक्राउ गर्‍यो। 

सोधपुछका क्रममा उनले बिहार सम्पर्क क्रान्ति ट्रेनमा आफ्नी श्रीमती र छोरी यात्रा गरिरहेको बताए। ट्रेनमा धेरै भीड थियो। जसका कारण उनीहरूले बस्ने ठाउँ पाएनन्। त्यसैले आफूले ट्रेनमा बम भएको गलत जानकारी दिएको बताए। ताकि छानबिन होस् र ट्रेनमा भीड कम होस्। आरोपित जहाँगिर बैगल फतेहपुर पोस्ट, बानपुरा पुलिस स्टेशन, कटरा जिल्ला मुजफ्फरपुर, बिहारका बासिन्दा हुन्।

मोबाइल फोन नम्बर निगरानीमा राखेर दिल्लीमा बस्ने जहाँगीरको पहिचान भयो। त्यसपछि जीआरपीले उनलाई पक्राउ गरेको हो। आरोपितविरुद्ध विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अमरउजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad