समाज


प्रशान्त शर्माको ‘ईरा’ विमोचन

प्रशान्त शर्माको ‘ईरा’ विमोचन

नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:११, काठमाडौँ

लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ। आज आयोजित एक कार्यक्रमकाबीच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो।
 
विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले, लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताबताए। समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताए।
 
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले, शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए। उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए।
 

अभिनेत्री लक्ष्मी बर्देवाले, लेखक शर्मालाई बधाई दिँदै पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन्। उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताइन्।
 
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।
 
उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने पुस्तकलाई बजारमा वि एन पुस्तकले ल्याएको हो। कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रहेको छ।

शर्माको पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ। कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad