भारतको राष्ट्रिय सुरक्षा एजेन्सी अर्थात् एनआईएले अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा भएको आक्रमणका आरोपितसँग सम्बन्धित जानकारी मागेको छ।
एनआईएले बिहीबार यसबारे बताएको हो। यो आक्रमण मार्च २०२३ मा भएको थियो।
एजेन्सीले १० वान्टेड अभियुक्तको तस्बिर पनि सार्वजनिक गरेको छ र केही नम्बरहरू पनि जारी गरेको छ र यस सम्बन्धमा जानकारी दिन मानिसहरूलाई आग्रह गरेको छ।
एनआईएको बयानअनुसार सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासमा मार्च १८–१९ मा हमला भएको थियो। त्यसपछि केही खालिस्तान समर्थकले आगो लगाउने प्रयास पनि गरेका थिए ।
यस्तै हमला जुलाई १–३ को रातमा पनि भएको थियो। एनआईएले यस सम्बन्धमा १६ जुन २०२३ मा मुद्दा दर्ता गरेको थियो। अगस्ट महिनामा एउटा टोली यस प्रकरणको अनुसन्धान गर्न सान फ्रान्सिस्को पनि गएको थियो।
एनआईएले खलिस्तान समर्थक चरमपन्थीहरूलाई पक्राउ गर्न आफ्नो अभियान तीव्र बनाएको छ।
बुधवार जारी विज्ञप्तिमा एजेन्सीले भनेको छ, ‘एजेन्सीले सूचीकृत आतंकवादीहरूलाई पक्राउ गर्ने सूचना दिएमा पुरस्कार रकम घोषणा गरेको छ।’
हरविन्दर सिंह सन्धु उर्फ रिन्डा र लखवीर सिंह सन्धु उर्फ लान्डाबारे सूचना दिए १० लाख रुपैयाँ इनाम दिने भनिएको छ।
Shares

प्रतिक्रिया