ग्लोबल


जर्मनीमा सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत

जर्मनीमा सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २१:५५, काठमाडौँ

जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ।

बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो। 

आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन्। 

चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भने, ‘सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ। यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ।’

सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १।५३७ सेन्ट प्रति किलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रति किलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad