चीनले शिकागोको शेनयाङ जोड्ने नयाँ एयर कार्गो रुट सुरु गरेको छ।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङ र संयुक्त राज्य अमेरिकाको शिकागो जोड्ने इ–कमर्स एयर कार्गो मार्ग खोलिएको हो।
एयर चाइना कार्गो कम्पनि लिमिटेडद्वारा सञ्चालित पहिलो विमानमा १०३ टन उत्पादनहरू जस्तै लुगा, जुत्ता, टोपी र इलेक्ट्रोनिक सामानहरू लोड गरिएको छ। जसको कुल मूल्य करिब ३४ मिलियन युआन (४.६७ मिलियन अमेरिकी डलर) छ।
नयाँ–खोलिएको क्रस–बोर्डर ई–वाणिज्य कार्गो मार्ग शेनयाङदेखि शिकागो सम्मको पहिलो हवाई कार्गो मार्ग हो। (.सिन्ह्वाको सहयोगमा)
63
Shares

प्रतिक्रिया