ग्लोबल


मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १४:५६, काठमाडौँ

चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ।

मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो।

बिहीवारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ। आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।

मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ। (सिन्ह्वाको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .