ग्लोबल


इजरायलसँग सम्बन्धित जहाजमा हमला, मद्दत गर्न भारतीय नौसेनाका जहाज प्रस्थान

इजरायलसँग सम्बन्धित जहाजमा हमला, मद्दत गर्न भारतीय नौसेनाका जहाज प्रस्थान

नेपालखबर
पुस ८, २०८० आइतबार ७:२१, काठमाडौँ

भारतको पश्चिमी तटनजिकै इजरायलसँग सम्बन्धित व्यावसायिक जहाजमा हवाई हमला भएको छ। 

समाचार एजेन्सी रोयटर्सले बेलायती सामुद्रिक सुरक्षा कम्पनी एम्ब्रेलाई उद्धृत गर्दै उक्त समाचार दिएको हो। आक्रमण हुँदा जहाज पोरबन्दर तटबाट २१७ माइल टाढा थियो।

गाजा युद्ध सुरु भएयता लाल सागरबाहिर कार्गो जहाजमा आक्रमण भएको यो पहिलो घटना हो।

भारतीय नौसेनाका एक अधिकारीले नाम नखुलाउने सर्तमा समाचार एजेन्सीलाई बताएअनुसार चालक दल र जहाजको सुरक्षा सुनिश्चित गरिएको छ। मद्दतका लागि भारतीय नौसेना र भारतीय कोस्ट गार्ड जहाज त्यसतर्फ लागेको बताइएको छ। 

अल इन्डिया रेडियोका अनुसार ट्यांकर साउदी अरबबाट कच्चा तेल बोकेको एमभी केम प्लुटोका रूपमा पहिचान गरिएको छ। ट्यांकरमा २० भारतीय सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad