संयुक्त राष्ट्रसंघकी एक उच्च अधिकारीले धनी मुलुकहरुले हरित नीतिका कारण विकासशील मुलुकहरु पछि परिरहेको बताएकी छन्। धनी मुलुकहरुले भने पुरानो भइसकेको विश्व व्यापार संगठनका नियमहरु उपयोग गरेर आफ्नो अर्थतन्त्र अघि बढाइरहेको उनको भनाइ छ।
‘विकासशील मुलुकहरुले अपनाउन पाउने नीतिहरुलाई थुप्रै व्यापारिक नियमहरुले रोकिदिन्छन्। र, विकसित मुलुकहरुसँग ‘वातावरण’ का लागि राम्रा कुरामा सहुलियत दिने क्षमता हुन्छ,’ राष्ट्रसंघको कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्टकी महासचिव रेबेका ग्रिनस्पानले भनेकी छन्।
दक्षिण कोरिया र उनको आफ्नो मुलुक कोस्टारिकालाई प्रगति गर्न सघाएका अन्तर्राष्ट्रिय व्यापार प्रणालीले गरिब मुलुकहरुलाई भने कुनै सहयोग नपु¥याएको उनको भनाइ छ।
‘विकासशील मुलुकहरु वृद्धिको मार्गमा अघि बढ्ने दुई मुख्य आधार व्यापार र लगानी हुन्,’ उनले भनेकी छन्।
तर, अहिले प्रविधिको तीव्र परिवर्तनका कारण बजारमा पहुँच गुमाउनुका साथै धनी मुलुकले गरेका बारबन्देजका कारण गरिब मुलुक पछि परेको उनले बताइन्।
‘डिजिटल हिसाबले तयार नभएका मुलुक सबैभन्दा पछि परेका छन्,’ उनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भनेकी छन्।
Shares

प्रतिक्रिया