ग्लोबल


१४ सैनिक मारिएपछि नेतान्याहुले भने : गाजा क्षेत्रमा इजरायलले ‘ठूलो मूल्य’ चुकाउँदैछ

१४ सैनिक मारिएपछि नेतान्याहुले भने : गाजा क्षेत्रमा इजरायलले ‘ठूलो मूल्य’ चुकाउँदैछ

नेपालखबर
पुस ८, २०८० आइतबार १९:४६, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन्। 

'गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो', शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले भने, 'युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।'

'हमासलाई विनाश गर्ने, हाम्रा बन्धकहरूलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौँ”, उनले भने, 'स्पष्ट हुन दिनुस्, हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौँ।'

अक्टोबर २७ मा स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ।

यसमा शनिबार १४ सैनिक पनि सामेल छन्। लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकूहरूको पनि सामना गरिरहेको इजराइली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ। 

 यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजराइलसँग युद्ध सुरुभएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार चार सय २४ जनाको ज्यान गएको आइतबार बताएको छ।

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि भएको युद्धको पछिल्लो २४ घन्टामा एक सय ६६ जनाको मृत्यु भएको हमासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad