मध्यपूर्वमा बढ्दो तनावका बीच इरानको नौसेनाले नयाँ स्मार्ट क्रुज मिसाइलहरू प्राप्त गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको नौसेनाले एक हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ क्रुज मिसाइलहरू पाएकोे हो।
यसबाहेक नौसेनासँग जासुसी हेलिकप्टर पनि छ।
यसैबीच अमेरिकाले इरानले हिन्द महासागरमा रहेको रासायनिक ट्याङ्करमा ड्रोन हमला गरेको आरोप लगाएको छ।
इरानी नौसेना प्रमुख शाहराम इरानीले मिडियासँग भनेका छन्, ‘तालियाह क्रुज मिसाइलको क्षमता हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने छ। यो एक स्मार्ट मिसाइल हो, जसले मिसनको बीचमा आफ्नो लक्ष्य परिवर्तन गर्न सक्छ।’
नौसेना प्रमुखका अनुसार यसबाहेक इरानको नौसेनाले नयाँ जासुसी हेलिकप्टर, आक्रमण ड्रोन र समुद्री क्रुज मिसाइल पनि प्राप्त गरेको छ।
यी सबै नयाँ हतियार इरानको सैन्य उद्योगमा निर्माण गरिएका हुन्।
पश्चिमी विश्लेषक भने इरानले आफ्नो सैन्य क्षमता बढाइचढाइ गरेको दाबी गर्छन्। यद्यपि, इरानी सेनासँग भएका अधिकांश हतियार क्षेप्यास्त्र र ड्रोनसमेत स्वनिर्मित छन्।
Shares

प्रतिक्रिया