भारतले पहिलो पटक कच्चा तेलको मूल्य रुपियाँमा भुक्तानी गरेको छ। यसलाई आफ्नो मुद्रालाई विश्वव्यापी प्रयोग गर्ने भारतको प्रयासका रुपमा हेरिएको छ।
भारत विश्वको तेस्रो ठूलो उर्जा उपभोक्ता हो।
गत जुलाईमा भारतले यूएईसँग रुपियाँमा भुक्तानी गर्ने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार इन्डियन आयल कर्पोरेसनले दसल ब्यारेल कच्चा तेल खरिदवापतको रकम भारतीय रुपियाँमा भुक्तानी गरेको हो।
रुसी तेलको भुक्तानी पनि रुपियाँमा गरिएको बताइएको छ।
भारतले उपभोग गर्ने तेलको ८५ प्रतिशत हिस्सा निर्यात गर्छ।
आर्थिक वर्ष २०२२–२३ मा भारतले झण्डै २४ करोड टन कच्चा तेल आयातका लागि १५७ अर्ब डलर खर्च गरेको थियोे।
भारतका प्रमुख तेल आपूर्तिकर्तामा इराक, साउदी अरब, रुस, यूएई हुन्।
516
Shares

प्रतिक्रिया