सिरियामा इजरायली आक्रमणमा परी इरानका एक वरिष्ठ सैन्य कमान्डर मारिएको इरानी मिडियामा दाबी गरिएको छ।
इरानको समाचार एजेन्सी तस्निमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका ‘अनुभवी सैन्य सल्लाहकार’ सैयद राजी मोसावी मारिएको जनाएको छ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले मोसावीको मृत्युमा शोक व्यक्त गर्दै इजरायलले यो अपराधको निश्चित मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
रायसीले भनेका छन्, ‘यो कार्यले यस क्षेत्रमा यहुदी शासनको निराशा र कमजोरीलाई देखाउँछ, जसका लागि यसले निश्चित रूपमा मूल्य चुकाउनुपर्नेछ।’
192
Shares

प्रतिक्रिया