कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाका कारण बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन्।
प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तीमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो।
प्रान्तीय अधिकारीले पीडितहरूको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन्।

गत हप्ता पनि दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो।
त्यस्तै, मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षापछि बाढी प्रभावित क्षेत्रहरूमा कम्तीमा ४३८ शव फेला परेका थिए।
पछिल्लो बाढीपहिरोमा ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान छ। सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढीपहिरोका घटना अत्यधिक हुने गरेका छन्। -सिन्ह्वा/नान
Shares

प्रतिक्रिया