हार्वर्ड युनिभर्सिटी अध्यक्ष क्लुडिन गेले राजीनामा दिएकी छन्। बौद्धिक चोरीलगायत विषयमा विवादित बनेपछि उनले सो पद छाडेकी हुन्।
अमेरिकाको उनुदारपन्थी धारले उनलाई पद छाड्न दबाब दिइरहेको थियो।
उनले राजीनामा पत्रमा युनिभर्सिटीको हितका लागि आफूले पद छाड्नु उपयुक्त हुने बताएकी छन्।
‘यो निर्णयमा म सजिलै आइपुगेकी होइन। यो अत्यन्त कठिन थियो,’ उनले लेखेकी छन्।
व्यक्तिमा होइन, संस्थामा ध्यान केन्द्रित गर्न पद छाडेको उनको भनाइ छ।
५३ वर्षीया गे ६ महिनादेखि सो पदमा थिए। सो युनिभर्सिटीको नेतृत्व गर्ने उनी पहिलो अश्वेत र दोस्रो महिला थिइन्। तर, ३८८ वर्षको इतिहासमा उनको कार्यकाल सबैभन्दा छोटो रह्यो। एजेन्सी
210
Shares

प्रतिक्रिया