ग्लोबल


अन्तर्राष्ट्रिय अदालतमा अघि बढ्यो इजरायलविरुद्ध दक्षिण अफ्रिकाको मुद्दा

अन्तर्राष्ट्रिय अदालतमा अघि बढ्यो इजरायलविरुद्ध दक्षिण अफ्रिकाको मुद्दा

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १३:४१, काठमाडौँ

इजरायलविरुद्ध दक्षिण अफ्रिकाकाले दायर गरेको मानवताविरोधी अपराधसम्बन्धी मुद्दाको सुनुवाइ अन्तर्राष्ट्रिय अदालतले अघि बढाउने भएको छ। 

हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (अन्तर्राष्ट्रिय अदालत) मा दक्षिण अफ्रिकाले इजरायलले गाजा क्षेत्रमा प्यालेस्टाइनबासीको नरसंहार गरेको आरवपमाा मुद्दा हालेको थियो।  

इजरायलविरुद्धको यो मुद्दाको अन्तर्राष्ट्रिय अदालतले बिहीबार सुनुवाइ अघि बढाउने भएको हो। 

दक्षिण अफ्रिकाले गत ७ अक्टोबार २०२० मा हमासले गरेको हमलाको जवाफमा इजरायलले थालेको सैनिक कारबाहीबाट २२ हजार बढी नागरिक मारिइसकेका छन्। 

इजरायलले प्यालेस्टाइनबासीको नरसंहार गर्ने उद्धेश्यसहित उक्त आक्रमण गरेको आरोप मुद्दामा लगाइएको छ। 

उक्त मुद्दामा दक्षिण अफ्रिकाले इजरायलको हवाई आक्रमण र उसको असफलताका कयौँ उदाहरण पनि पेस गरेको छ। 

दक्षिण अफ्रिकाले युद्धका क्रममा प्यालेस्टाइनबासीको नरंसहरका साथै युद्धबाट संकटमा रहेकाहरूलाई राहत पुर्‍याउने काममा पनि बाधा गरिरहेको जनाएको छ। 

दक्षिण अफ्रिकाले गाजा क्षेत्रमा इजरालयको उद्धेश्य नरसंहार रहेको जिकिर गर्दै उसलाई दण्डित गर्नुपर्ने जनाएको छ। तर उता इजरायलले दक्षिण अफ्रिकाको आरोपको खण्डन गर्दै गलत भएको छ। 

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा एक अपील गर्दै गाजामा चलिरहेको इजरायलको सैनिक अभियान रोक्ने आदेश दिन पनि भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad