अमेरिकाकी राष्ट्रपति पदको उम्मेदवारका लागि रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट गभर्नर रन डेसान्टिस बाहिरिएका छन्। उनले डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्।
यससँगै पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निकट पुगेका छन् ट्रम्प। अब उनलाई पार्टीमा चुनौती दिने एक मात्र व्यक्ति बाँकी छिन्– निक्की हेली।
डेसान्टिसलाई कुनैबेला बलिया उम्मेदवार मानिन्थ्यो। आयोवा राज्यको आन्तरिक चुनावमा उनी दोस्रो स्थानमा थिए। तर, न्यु ह्याम्पसायरको प्राइमरीअघि उनले प्रतिस्पर्धा छाडेका हुन्।
हेलीले राष्ट्रपति जो बाइडेनलाई हराउन सक्ने उम्मेदवार आफू मात्रै भएको बताएकी छन्।
न्यु ह्याम्पसायरमा मंगलबार आन्तरिक चुनाव हुँदैछ।
ट्रम्पले डेसान्टिसको प्रशंसा गरेका छन्। ट्रम्पको टोलीले सबै रिपब्लिकनहरुलाई ट्रम्पका पछाडि एकताबद्ध हुन आह्वान गरेको छ।
तर, साउथ क्यारोलाइनाकी पूर्वगभर्नर हेलीले भने प्रतिस्पर्धा नछाड्ने बताएकी छन्।
‘यो स्पर्धामा दुई जना छौँ,’ उनले भनेकी छन्, ‘सुरुदेखि हामीले चाहेको यही हो। र, हामी अघि बढ्नेछौँ।’ एजेन्सी
Shares

प्रतिक्रिया