ग्लोबल


जम्मु-कश्मिरमा २ दिनदेखि भारी हिमपात, जनजीवन अस्तव्यस्त (भिडिओ)

जम्मु-कश्मिरमा २ दिनदेखि भारी हिमपात, जनजीवन अस्तव्यस्त (भिडिओ)

नेपालखबर
माघ २२, २०८० सोमबार ७:४६, काठमाडौँ

भारत प्रशासित जम्मु-कश्मिरमा दुई दिनदेखि जारी भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ भने सडक बाक्लो हिउँले ढाकिएको छ। 

धावनमार्गमा बाक्लो हिउँ जमेकाले आइतबार हवाई सेवा अवरुद्ध भएको थियो।

समाचार एजेन्सी एएनआईले कश्मिरको सुन्दर पर्यटकीय गन्तव्य गुलमर्गको भिडिओ फुटेज जारी गरेको छ, जसमा सम्पूर्ण क्षेत्र हिउँको बाक्लो तहले ढाकिएको देखिन्छ।

हिजो रातिदेखि जम्मुमा पानी परिरहेको छ भने पहाडी क्षेत्रमा हिमपात जारी छ। 

गन्दरबलमा, गगनगीरदेखि सोनमर्गसम्मको सडकमा हिउँ हटाउने काम भइरहेको छ।

हेर्नुहोस् भिडिओ

श्रीनगर डिभिजनल कमिस्नर विजय कुमार बिधुरीले भने, ‘हामीले विद्युत् आपूर्तिको निरीक्षण गरेका छौँ। हाम्रो स्वास्थ्य व्यवस्था राम्रो छ। लेफ्टिनेन्ट गभर्नरको निर्देशनअनुसार हाम्रा अधिकारीहरू फिल्डमा छन्। स्थिति नियन्त्रणमा छ।’

हिमपातको अर्काे भिडिओ

उत्तराखण्डको गंगोत्री धाममा पनि आइतबार भारी हिमपात भएको छ। भारी हिमपातका कारण जताततै हिउँ देखिन्छ। 
एएनआईले जारी गरेको भिडिओमा गंगोत्री मन्दिर र वरपर हिउँ परेको देख्न सकिन्छ।

उत्तराखण्डको प्रसिद्ध हिउँ खेलकुद स्थल चमोलीको औलीमा भारी हिमपातका कारण चारैतिर बाक्लो हिउँ जमेको छ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad