कला


आज देशभरका फिल्म हल बन्द रहने

आज देशभरका फिल्म हल बन्द रहने

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार ८:५, काठमाडौँ

नेपाल चलचित्र संघले आज (सोमबार) देशभरका फिल्म हल बन्द गर्ने भएको छ।

सरकारले अव्यवहारिक कर लगाएको विरोधमा आज साङ्केतिक रूपमा मुलुकभरका फिल्म हल बन्द गर्न लागिएको संघले जनाएको छ। 

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ।

चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग पनि गरेको छ।

कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा थिए।  अहिले १५९ वटा फिल्म हल मात्र हल सञ्चालनमा छन्। 

यसैबीच चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै  क्युएफएक्सले पनि आज आफ्ना सबै हल बन्दको घोषणा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad