कला


क्रिटिक्स अवार्डमा हरिवंश र आना उत्कृष्ट अभिनेता-अभिनेत्री, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

क्रिटिक्स अवार्डमा हरिवंश र आना उत्कृष्ट अभिनेता-अभिनेत्री, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:२६, काठमाडौँ

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ। अवार्डमा चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ।

फिक्सनले २०८२ भरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा विभिन्न विधामा उत्कृष्ट स्रष्टा र चलचित्र छनोट गरिएको जनाएको छ।

समाजले मंगलबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको नतिजाअनुसार ‘ऊनको स्वीटर’का नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्।

अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता तथा ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।

त्यस्तै, ‘ऊनको स्वीटर’का नवीन चौहान र सुरज कटुवाल उत्कृष्ट पटकथाका लागि पुरस्कृत भएका छन्। प्राविधिक विधातर्फ ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायांकन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादन विधामा विजेता बनेका छन्। यस्तै, कोबिद बज्र ‘ऊनको स्वीटर’का लागि उत्कृष्ट पार्श्व संगीततर्फ सम्मानित भएका छन्।

फिक्सनले नेपाली चलचित्रको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१४ देखि ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको जनाएको छ। समाजका अनुसार अवार्ड वितरण समारोहको मिति र स्थानबारेपछि जानकारी गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad