भारतमा एउटा मालबाहक रेल बिना चालक ७० किलोमिटर दौडिएपछि इन्डियन रेलवेले त्यसको छानबिनको आदेश दिएको छ।
आइतबार जम्मु र कस्मिरदेखि हिँडेको रेल पञ्जाबमा रोकिएको थियो। लिकमा राखिएको काठको अवरोधले रेल रोकेको थियो।
नर्दन रेलवेका प्रवक्ता दीपक कुमारले छानबिनको आदेश दिइएको बताएका छन्।
सो रेल प्रतिघण्टा एक सय किमिको गतिमा दौडिएको थियो।
रेल जम्मुको एउटा स्टेसनमा चालक बदल्न रोकिएको थियो। पहिलेका चालक र उनका सहयोगी ओर्लिएपछि रेल ओरालोमा दौडिएको थियो।
दुर्घटना हुन नदिन बाटो सबै खुला गरिएको थियो।
भारतमा दैनिक दसौँ लाख यात्रुले रेल प्रयोग गर्छन्। एजेन्सी
1.1k
Shares
प्रतिक्रिया