ग्लोबल


कम उमेरमै बिहे गर्छन् इजरायली मुस्लिम महिला

कम उमेरमै बिहे गर्छन् इजरायली मुस्लिम महिला

रासस/एएनआई
फागुन २५, २०८० शुक्रबार १४:१५, तेल अभिभ

इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेको इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक तथ्याङ्कमा उल्लेख  गरिएको छ।

सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन्। ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ वर्ष छ भने यहुदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ वर्ष छ। 

सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो।

इजरायलमा सन् २०२२ मा एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए।

इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन्। यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो।

सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ।

यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .