इरानका राजदूतले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा इजरायली हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका छन्।
इरानको सरकारी टीभी च्यानलका अनुसार रिभोलुसनरी गार्डका वरिष्ठ कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि मारिएका छन्।
मेजेह जिल्लास्थित इरानी दूतावासनजिकै रहेको बहुमंजिला भवन भग्नावशेषमा परिणत भएको छ।
इरान र सिरियाका विदेशमन्त्रीहरूले यस हमलाको कडा निन्दा गरेका छन्।
तर, इजरायलको सेनाले विदेशी सञ्चारमाध्यमको रिपोर्टमा प्रतिक्रिया नदिने बताएको छ।
तल भिडिओमा विस्फोट स्थल–
— PressTV Extra (@PresstvExtra) April 1, 2024Footage shows the aftermath of Israeli missile strike on the Iranian embassy in the Syrian capital city of Damascus. pic.twitter.com/SIwJYXc2MC
132
Shares

प्रतिक्रिया