राजनीति


आजको प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने

आजको प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार ७:३, काठमाडौँ

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार)  बस्दैछ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसैगरी आजको संस्द बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव  प्रस्तुत गर्ने कार्यसूची पनि छ। 

त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .