ग्लोबल


सिड्नी आक्रमण अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

सिड्नी आक्रमण अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालखबर
बैशाख १, २०८१ शनिबार १७:३१,

अस्ट्रेलियाको सिड्नीमा भएको आक्रमणमा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ। अन्य कयौँको उपचार चलिरहेको छ।

आक्रमणकारी ४० वर्षीय पुरुष भएको प्रहरीको भनाइ छ। प्रहरीले गोली हानेर ती व्यक्तिको ज्यान लिएको छ।

ती व्यक्ति एक्लैले सो आक्रमण गरेको प्रहरीको भनाइ छ।

ती आक्रमणकारीलाई गोली हान्ने प्रहरी अधिकारी एक्लै थिइन्। उनलाई प्रधानमन्त्री एन्टोनी अल्बानिजले ‘नायक’ भनेका छन्। उनले कयौँको ज्यान बचाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

आक्रमणको उदेश्य के थियो भन्ने स्पष्ट भइसकेको छैन। यो आतंकवादी हमला हुनसक्ने आकलन पनि गरिएको छ।

बोन्डी जंक्सनको वेस्टफिल्ड सपिङ सेन्टरमा सो घटना भएको थियो। एजेन्सी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .