विद्यार्थी छँदै चर्चाको शिखरमा पुगेका कन्हैया कुमारलाई कंग्रेसले आम चुनावमा उत्तरीपूर्वी दिल्ली सिटको टिकट दिएको छ।
सो स्थानमा भाजपाका मनोज तिवारी सांसद छन्। यसपटक पनि उनी नै चुनावी मैदानमा छन्। तिवारी भोजपुरी सिनेमाका अभिनेता तथा गायक पनि हुन्।
दिल्लीमा कंग्रेस अत्यन्त कमजोर छ। दिल्लीको विधानसभामा कंग्रेसले एक सिट पनि जित्न सकेन। त्यति मात्र होइन, लोकसभाको चुनावमा समेत दुई कार्यकालयता कंग्रेसले एक सिट पनि जित्न सकेको छैन,
यस्तो अवस्थामा आफ्नो साख फर्काउने उदेश्यसहित कंग्रेसले कन्हैया कुमारलाई दिल्लीबाट उम्मेदवार बनाएको छ।
यो त्यही क्षेत्र हो, जहाँ २०२० मा भएको दंगामा सयौँ मानिस प्रभावित भएका थिए। कयौँको ज्यान समेत गएको थियो।
कंग्रेसले दीर्घकालीन रणनीति अनुरुप उनलाई यो क्षेत्रको टिकट दिएको सो पार्टीका नेताहरु बताउँछन्। यहाँ भाजपाविरुद्ध कंग्रेस र आम आदमी पार्टी हातेमालो गर्दैछन्। उनी दुवै पार्टीका लागि उपयुक्त रहेको ठहर गरी उनलाई उठाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
जेएनयूको विद्यार्थी युनियन अध्यक्ष रहिसकेका कन्हैया प्रभावशाली वक्ता हुन्।
‘पार्टीको हाइकमान्ड, खासगरी राहुल गान्धी कन्हैया कुमारलाई भरोसा गर्छन्। र, उनले पार्टीको विचारधारालाई संगठनभित्र र बाहिर दुवैतर्फ विस्तार गर्ने उनको अपेक्षा छ,’ कांग्रेसका एक वरिष्ठ नेतालाई इन्डियन एक्स्प्रेसले उधृत गरेको छ, ‘पार्टीले उनलाई संगठनका क्षेत्रमा ठूलो जिम्मेवारी दिन सक्छ।’
कन्हैया कुमारका लागि यो दोस्रो चुनावी प्रतिस्पर्धा हो। २०१९ को चुनावमा उनी गृहनगर बिहारको बेगुसराय सिटमा उठेका थिए। उनी भाजपाका गिरिराज सिंहसँग हारेका थिए। त्यतिबेला उनी कम्युनिस्ट पार्टीबाट चुनाव लडेका थिए।
पनि उनी कंग्रेस प्रवेश गरेका थिए। कंग्रेसमा उनको कद बढेका बताइन्छ।
हाल उनी कंग्रेसको विद्यार्थी संगठनका प्रमुख कार्यसमिति सदस्य हुन्। एजेन्सी
Shares
प्रतिक्रिया