ग्लोबल


पूर्वप्रधानमन्त्रीका सांसद नातिले महिलालाई दुर्व्यवहार गरेको ‘हजारौँ’ भिडिओ सार्वजनिक, भारतमा तहल्का

पूर्वप्रधानमन्त्रीका सांसद नातिले महिलालाई दुर्व्यवहार गरेको ‘हजारौँ’ भिडिओ सार्वजनिक, भारतमा तहल्का

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १५:५०,

भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाका नाति तथा सांसद प्रज्वल रेवन्नाले महिलाहरुलाई दुर्व्यवहार गर्दै गरेको हजारौँ भिडिओ सार्वजनिक भएपछि दक्षिणी राज्य कर्नाटकमा आक्रोश फैलिएको छ।

प्रज्वल रेवन्नामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रज्वल जनता दल (सेक्युलर) का नेता हुन्। जुन पार्टी उनका हजुरबा देवगौडाले स्थापना गरेका हुन्। यो पार्टीले अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपासँग गठबन्धन गरेको छ।

प्रज्वलसँगै उनका बुबा एचडी रेवन्नाविरुद्ध पनि उजुरी छ। उनी कर्नाटकको विधानसभा सदस्य हुन्। उनीहरुविरुद्ध परिवारकै पूर्वकामदारले उजुरी दर्ता गरेकी हुन्छ।

सोमबार सो पार्टीले प्रज्वललाई निलम्बन गरेको छ। 

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले यो घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली बनाइएको बताएका छन्।

२६ अप्रिलका दिन प्रज्वलको क्षेत्रमा चुनाव थियो। उनी फेरि उम्मेदवार थिए। चुनावको भोलिपल्ट उनले महिलाहरुलाई दुर्व्यवहार गर्दै गरेको भिडिओ भाइरल बनेको छ। 

ती भिडिओ कसले सार्वजनिक गरेको हो, स्पष्ट छैन। तर, इन्डियन एक्सप्रेसमा प्रकाशित रिपोर्टअनुसार चुनावअघि ती भिडिओ भएका २ हजारभन्दा बढी पेनड्राइभ निर्वाचन क्षेत्रमा वितरण गरिएको थियो।

ती भिडिओ र फोटोहरु रेवन्ना आफैँले खिचेको बताइएको छ। जसमा उनले यौन दुर्व्यवहार गरेका महिलाहरु देखिएका बताइएको छ।

ती भिडिओ र फोटो ह्वाट्सएपममा धेरैले सेयर गरेको अधिकारीहरुले बताएका छन्।

सो घटनापछि कर्नाटकको महिला आयोग प्रमुख नागलक्ष्मी चौधरीले प्रहरी प्रमुखलाई पत्र लेख्दै तत्काल कारबाही गर्न आग्रह गरेकी थिइन्।

‘ती भिडिओ हेर्दा तपाईंको रगत उम्लिन्छ,’ उनले बीबीसीसँग भनेकी छन्, ‘एउटी महिलाले ‘त्यसो नगर्नुस्, त्यसो नगर्नुस्’ भन्दै बिन्ती गरिरहेकी छिन्।’

प्रधानमन्त्री नरेन्द्र मोदी देवगौडा परिवारका साथ। प्रज्वल रेवन्ना सबैभन्दा दायाँतिर

आइतबार सो परिवारमा भान्सेको काम गर्ने एक ४७ वर्षीया महिलाले सांसद प्रज्वल र उनका बुबाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन्।

प्रज्वल रेवन्नाले आफ्नी छोरीलाई समेत दुर्व्यवहार गरेको उनको आरोप छ।

प्रहरीले प्रज्वल देश छाडेर भागेको बताएको छ। तर, उनका बुवाले यो दाबी खारेज गर्दै कानुनअनुसार अनुसन्धानका लागि आफूहरु तयार रहेको बताएका छन्।

यो घटनाले कर्नाटकको राजनीतिमा आँधी ल्याएको छ। थुप्रैले यत्तिका समय यति धेरै अपराध कसरी हुन दिइयो भनेर प्रश्न गरेका छन्।

ती भिडिओ क्लिपबारे गतवर्ष नै भाजपा नेताहरुले पार्टीको राज्य तहको नेतृत्वसम्म सूचना दिएको द हिन्दुको रिपोर्टमा उल्लेख छ। तैपनि भाजपाले उनलाई उम्मेदवार बनाएको भन्दै मानिसहरुले प्रश्न गरेका छन्।

भाजपाले भने भिडिओसँग आफूहरुको कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिएको छ। जनता दलले समेत आफूलाई अलग गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .