ad ad

ग्लोबल


अफगानिस्तानको अर्को क्षेत्रमा भीषण बाढी, ५० जनाको मृत्यु

आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको चेतावनी
अफगानिस्तानको अर्को क्षेत्रमा भीषण बाढी, ५० जनाको मृत्यु

नेपालखबर
जेठ ६, २०८१ आइतबार ११:१७, काठमाडौँ

अफगानिस्तानका अर्काे क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ।

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको उनीहरूको भनाइ छ। 

बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको बीबीसीले जनाएको छ। 

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .