ad ad

ग्लोबल


इरानी राष्ट्रपति राइसीलाई त्यही सहरमा गाडिँदै, जहाँ उनको जन्म भएको थियो

इरानी राष्ट्रपति राइसीलाई त्यही सहरमा गाडिँदै, जहाँ उनको जन्म भएको थियो

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ६:४२, काठमाडौँ

हेलिकप्टर दुर्घटनामा निधन भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र उनीसँगै यात्रा गर्ने सबैको शव मंगलबार तेहरान लगिने भएको छ।

इरानका गृहमन्त्री अहमद वाहिदीका अनुसार इब्राहिम राइसी र उनीसँगै यात्रा गर्नेहरूको शवलाई ताब्रिजबाट अन्त्येष्टिका लागि तेहरान लगिनेछ।

पूर्वी अजरबैजान प्रान्तको इस्लामिक प्रचारका महानिर्देशकका अनुसार इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह खामेनीले बुधबार प्रार्थना गर्नेछन्।

इब्राहिम राइसीलाई बिहीबार मसहदमा गाडिने बताइएको छ। यो त्यही सहर हो, जहाँ उनी सन् १९६० मा जन्मेका थिए। यस सहरमा सिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ।

बीबीसीका अनुसार दुर्घटनामा मृत्यु भएका ताब्रिज सहरका इमामलाई ताब्रिज सहरमा र पूर्वी अजरबैजानका गभर्नरको मारागेह सहरमा अन्त्येष्टि गरिने छ।

इरानी अधिकारीहरूले राष्ट्रपतिको अन्त्येष्टिको तयारी गरिरहेका छन्।

सोमबार बसेको विशेष बैठकले राष्ट्रपति राईसीको अन्तिम संस्कारका लागि कार्यकारी उपाध्यक्षको नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो।

यसैबीच राष्ट्रपति इब्राहिम राइसीको मृत्यु भएपछि मोहम्मद मकबर इरानको अन्तरिम राष्ट्रपति बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .