ग्लोबल


इजरायली बस स्टेसनमा आक्रमण, गोली लागेर महिलाको मृत्यु

इजरायली बस स्टेसनमा आक्रमण, गोली लागेर महिलाको मृत्यु

इजरायलको बस स्टेसनमा गोली चलेको छ।


नेपालखबर
असोज २०, २०८१ आइतबार २०:२२, काठमाडौँ

इजरायलको एउटा बस स्टेसनमा आइतबार आक्रमण भएको छ। गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

बीबीसीका अनुसार दक्षिणी इजरायलको बिरशेबामा ‘संदिग्ध आतंकवादी हमला’ भएको प्रहरीले जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवाले गोलीकाण्डमा घाइते भएका १० जनाको डाक्टरहरूले उपचार गरिरहेको बताएको छ। 

आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।

इजरायलमा यो हमला यस्तो बेला भएको हो, भोलि अर्थात् अक्टोबर ७ मा हमासले इजरायमा आक्रमण गरेको एक वर्ष पूरा हुँदै छ।

यो हमलापछि मात्र इजरायलले गाजामा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो। त्यसयता इजरायल र हमासबीच युद्ध चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad