ग्लोबल


नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

नेपालखबर
असोज २४, २०८१ बिहिबार १९:१३, काठमाडौँ

मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्।

स्विडिश एकेडेमीले भनेको छ, ‘५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो।’

लघुकथा लेखक एवं उपन्यासकार हान उनको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित छिन्। सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो।

तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ।

‘धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो’, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरूसँग भने, ‘हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ।’

हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो र यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ।

दुई वर्षपछि नले ‘द ह्वाइट बुक’ प्रकाशित गरिन्। उक्त पुस्तक जन्मेको केही घन्टापछि बितेकी उनकी जेठी बहिनीलाई समर्पित गरिएको छ। उक्त पुस्तकमा एकेडेमीले उनको ‘काव्यात्मक शैली’ बारे उल्लेख गरेको छ।

एकेडेमीले हानको सन् २०१० को पुस्तक ‘द विन्ड ब्लोज, गो’ लाई ‘मित्रता र कलाकारिताको बारेमा जटिल उपन्यास भन्दै उपन्यासमा दुःख र परिवर्तनका लागि तीव्र चाहना प्रबल रूपमा उपस्थित छ’ भनी वर्णन गरेको छ।

सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक थिए।

ती कलाकारहरूले उदारवादी विपक्षी दलहरूको समर्थन गरेका थिए भने पार्कको रूढिवादी सरकार र यसका नीतिगत असफलताहरूको आलोचना गरेका थिए। यसमा सन् २०१४ को सेवोल फेरी डुबेको घटनामा करिब तीन सय जनाको मृत्यु भएपछिको असफल उद्धार प्रयासहरू समावेश थिए।

बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकाहरूलाई आश्चर्यमा पारेको छ किनकि घोषणाअघिको अनुमानमा उनको नाम समावेश भएको थिएन।

गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो। उनका नाटकहरू विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकहरूमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन्।

एकेडेमीलाई लामो समयदेखि आफ्ना चयनहरूमा पश्चिमी गोरा पुरुष लेखकहरूको अत्यधिक प्रतिनिधित्वका लागि आलोचना गरिएको थियो।

स्विडिश एकेडेमीले सन् २०१८ को विनाशकारी मिटु प्रकरणपछि ठूलो सुधार गरेको छ र अधिक विश्वव्यापी तथा लैङ्गिक समानता भएको साहित्य पुरस्कारको प्रतिज्ञा गरेको छ।

उक्त प्रकरणपछि एकेडेमीले हानसहित फ्रान्सकी एनी एर्नाक्स, अमेरिकी कवि लुइस ग्लक र पोल्यान्डकी ओल्गा टोकार्चुक गरी चार महिलालाई सम्मानित गरेको छ। पुरुषहरूमा अस्ट्रियाली लेखक पिटर हान्डके, तान्जानियाली लेखक अब्दुलराजाक गुर्नाह र नर्वेली फोसे सम्मानित भएका छन्।

नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि समावेश छ।

हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्नेछन्। उक्त दिन वैज्ञानिक एवं पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको १८९६ को मृत्युको वार्षिकी हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad