ग्लोबल


भारी वर्षाका बीच बेंगलुरुमा निर्माणाधीन भवन ढल्यो, १ जनाको मृत्यु, ७ व्यक्ति बेपत्ता

भारी वर्षाका बीच बेंगलुरुमा निर्माणाधीन भवन ढल्यो, १ जनाको मृत्यु, ७ व्यक्ति बेपत्ता

बेंगलुरुमा निर्माणाधीन भवन भत्किएको छ।


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ७:३९, काठमाडौँ

भारतको उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। त्यहाँ चार दिनदेखि भारी वर्षा भइरहेको छ।

निर्माणाधीन भवनमा फसेका अन्य आठजनाको स्थानीयको सहयोगमा प्रहरी र उद्धारकर्मीले उद्धार गरेका छन्। घटनामा पाँच जना घाइते भएका छन्।

प्रहरी अतिरिक्त आयुक्तले पत्रकारलाई भने, ‘भवन भत्किँदा १५ कामदार त्यहाँ उपस्थित थिए।’

अर्का प्रहरी अधिकारीले भने, ‘बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।

अधिकांश मजदुर बिहार वा कर्नाटकको यादगीरका बासिन्दा रहेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad