ग्लोबल


अमेरिकी राष्ट्रपतिको चुनाव आउन मात्र १२ दिन बाँकी, सर्वेक्षणमा को अगाडि?

अमेरिकी राष्ट्रपतिको चुनाव आउन मात्र १२ दिन बाँकी, सर्वेक्षणमा को अगाडि?

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:५२,

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मात्र १२ दिन बाँकी रहँदा दुवै उम्मेदवार जनमत आफ्नो पक्षमा पार्ने कोसिसमा छन्। बुधबार उपराष्ट्रपति कमला ह्यारिसले सीएनएन टाउनहलमा सम्बोधन गरिन्।

ट्रम्पले भने जर्जियामा चुनावी र्‍याली आयोजना गरे। 

चुनावको नतिजा निर्धारण गर्नमा कहिले डेमोक्र्याटिक र कहिले रिपब्लिकनले जित्ने गरेको सातवटा ‘स्विङ स्टेट’ निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। जसमध्ये १९ इलेक्टोरल कलेज मत भएको पेन्सलभेनिया सबैभन्दा महत्त्वपूर्ण छ।

चर्को प्रतिस्पर्धा चलिरहेको अर्को राज्य हो १६ इलेक्टोरल कलेज मत भएको जर्जिया। जहाँ ट्रम्पले २०१६ मा जितेका थिए भने २०२० मा हारेका थिए।

हालसम्म २ करोड ५० लाख मतदाताले अग्रिम मतदान गरिसकेका छन्।

चुनाव नजिकै आइपुग्दा चुनावमा को अघि छ त?

बुधबार सार्वजनिक वाल स्ट्रिट जर्नलको सर्वेक्षणमा ट्रम्प दुई अंकले ह्यारिसभन्दा अगाडि देखिएका छन्। उनको ४७ प्रतिशत मत छ भने ह्यारिसको ४५ प्रतिशत। यद्यपि यो अन्तर सर्वेक्षणको ‘मार्जिन अफ इरर’को दायराभित्र पर्छ।

तर, अधिकांश सर्वेक्षणहरूमा ह्यारिस अगाडि देखिन्छिन् भने ‘स्विङ स्टेट’हरूमा बराबरको प्रतिस्पर्धा छ।

फाइभथर्टीएटको सर्वेक्षणअनुसार १.८ प्रतिशत अंकले ह्यारिस ट्रम्पभन्दा अगाडि छिन्।

यद्यपि, पछिल्लो समय ट्रम्पले ह्यारिससँगको दूरी कम गर्दै लगेको देखिन्छ।

पेन्सलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी यी सात राज्यमा ९३ इलेक्टोरल कलेज मत छन्।

नेभाडा र विस्कन्सिनमा ०.७ प्रतिशतले ह्यारिस अगाडि छन् भने अन्य राज्यमा ट्रम्प अगाडि छन्।

त्यसैले निर्वाचनको सन्निकट उम्मेदवारहरूको ध्यान यिनै राज्यमा छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad