ग्लोबल


इजरायल र उसका सहयोगीविरुद्ध बदला लिने खामेनीको प्रतिबद्धता

इजरायल र उसका सहयोगीविरुद्ध बदला लिने खामेनीको प्रतिबद्धता

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी


रासस/एएफपी
कात्तिक १७, २०८१ शनिबार २०:१०, तेहरान

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान (इरानको राजधानी) र यसका समर्थक समूहलाई लक्ष्य गरी शनिबार गरेको आक्रमणको बदला लिने  प्रतिबद्धता व्यक्त गरेका छन्। 

खामेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थकविरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन्। 

तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन्। 

गत सेप्टेम्बर २३ मा इजरायलले द्वन्द्व बढाउनुअघि सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे।

खामेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै  इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन्।

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ। जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी-५२ लडाकु विमानहरू समावेश छन्। 

खामेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप  गरिरहेको  बताएका छन्। 

यसैगरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad