अमेरिकी राष्ट्रपतीय चुनाव डोनाल्ड ट्रम्पले जित्ने निश्चितप्रायः देखिएपछि विश्वभरका नेताहरूले उनलाई बधाई दिन थालेका छन्।
हंगेरीका प्रधानमन्त्ती भिक्टर अर्बानदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले उनलाई बधाई दिएका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेनस्कीले लगायतले पनि बधाई दिएका छन्।
ट्रम्पले विजय भाषणमा आफ्नो दोस्रो कार्यकाल मुलुकका लागि सुनौलो युग हुने बताएका छन्।
345
Shares

प्रतिक्रिया