ग्लोबल


चुनाव जिते पनि अझै ७४ दिन राष्ट्रपति पदमा बस्न पाउने छैनन् ट्रम्प

चुनाव जिते पनि अझै ७४ दिन राष्ट्रपति पदमा बस्न पाउने छैनन् ट्रम्प

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १९:४९, काठमाडौँ

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। तर उनले सत्ताको नेतृत्व गर्न अझै कम्तीमा ७४ दिन कुर्नुपर्नेछ।

अमेरिकी राष्ट्रपतीय चुनावको परम्पराअनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्नुपर्छ। 

यस प्रक्रियाअन्तर्गत नयाँ राष्ट्रपतिले शपथ लिएपछि मात्र उसको कार्यकाल सुरु हुन्छ।

ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुने छैन। त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन नै ह्वाइट हाउसमा रहनेछन्।

तर राजनीतिक रूपमा उनीसँग धेरै सीमित शक्ति र अधिकार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad