ग्लोबल


ट्रम्पको हत्या योजना बनाएको आरोप इरानले गर्‍यो खण्डन

‘इरान-अमेरिका सम्बन्ध थप जटिल बनाउने षड्यन्त्र’
ट्रम्पको हत्या योजना बनाएको आरोप इरानले गर्‍यो खण्डन

फाइल तस्बिर: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ८:१२, काठमाडौँ

अमेरिकी सरकारले एक अफगानी नागरिकविरुद्ध डोनाल्ड ट्रम्पलाई राष्ट्रपति निर्वाचित हुनुअघि नै उनको हत्याको षड्यन्त्र गरेको अभियोग लगाएको छ।

बीबीसीका अनुसार अमेरिकी न्याय मन्त्रालयले यस मामिलामा शुक्रबार ५१ वर्षीय फरहाद शकेरीविरुद्ध आरोपपत्र जारी गरेको छ। उनलाई ट्रम्पको हत्या षड्यन्त्र’ गर्ने जिम्मेवारी लिएको आरोप छ।

तर शकेरीलाई अहिलेसम्म पक्राउ नगरिको अमेरिकी सरकारले बताएको छ। शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ।

यसैबीच इरानले उक्त आरोपको खण्डन गरेको छ। 

इरानले यो विपक्षीहरूले आफ्नो र अमेरिका बीचको सम्बन्धलाई जटिल बनाउन फैलाएको भ्रम भनेको छ। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले यसअघि पनि इरानलाई अमेरिकी राष्ट्रपतिको हत्या षड्यन्त्र रचेको आरोप लगाइएको तर त्यो झुटो साबित भएको बताएका छन्।

शनिबार इरानी सञ्चारमाध्यममा प्रकाशित बाघेईको बयानमा यसलाई घृणित षड्यन्त्र भन्दै यो इरानका बाहिरका शत्रुहरूको षडयन्त्र भनिएको छ। 

उनले बारम्बार यस्ता आरोप लगाउनाले इरान र संयुक्त राज्य अमेरिकाबीचको समस्यालाई थप जटिल बनाउने खतरा रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad