ग्लोबल


चीनमा एउटा कारले ठक्कर दिँदा ३५ जनाको मृत्यु

चीनमा एउटा कारले ठक्कर दिँदा ३५ जनाको मृत्यु

खेलकुद केन्द्र जहाँ कारले मानिसहरूलाई ठक्कर दिएको थियो।


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १८:१६, बेइजिङ

दक्षिणी चीनको झुहाई सहरमा सोमबार साँझ कारले ठक्कर दिँदा ३५ जनाको मृत्यु र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मंगलबार जानकारी दिएको छ।

सोमबार नै यो घटनाको जानकारी दिइएको थियो। तर त्यसबेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडिओ हटाइएको देखिन्थ्यो।

तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ। 

फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयूभी गेटबाट भित्र चलाएर सहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ। 

प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैँलाई काटिरहेको अवस्थामा फेला पारी ‘तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको’ थियो।

उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैँले गरेको चोटका कारण कोमामा छन् र ‘सोधपुछका लागि असक्षम’ रहेको प्रहरीले बताएको छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न र ‘कानुनबमोजिम अपराधीलाई दण्डित गर्न’ निर्देशन दिएको सरकारी सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। 

बेइजिङको नागरिक र सैन्य एयरोस्पेस क्षेत्र प्रदर्शन गर्ने चीनको सबैभन्दा ठूलो एयर शो यही सहरमा आयोजना भइरहेको छ।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad