युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन स्वतन्त्र राष्ट्र भएको र अब बसेर सुन्ने मात्रै काम नगरिने चेतावनी दिएका छन्।
शुक्रबार जेलेन्स्कीले युक्रेनको सरकारी रेडियोलाई अन्तर्वार्ता दिँदै रुससँग जारी युद्धका विषयमा धेरैवटा प्रश्नका जवाफ दिए।
जेलेन्स्कीलाई भने- अमेरिका युद्ध अन्त्य गर्ने वार्तामा मध्यस्थकर्ता मात्र होइन, यो युक्रेनलाई ठूलो सहायता प्रदान गर्ने र वार्तालाई प्रोत्साहन गर्ने देश पनि हो।
जेलेन्स्कीलाई सोधिएको थियो- डोनाल्ड ट्रम्पसँगको कुराकानीमा तपाईंले के सन्देश पाउनुभयो त? जस्तो कि उहाँले भन्नुभएको थियो- म राष्ट्रपति हुन्छु र कुराकानी गर्छु। कस्तो छ त?
यो सुनेर जेलेन्स्की हाँसे र भने- मलाई लाग्दैन कि उहाँले त्यसो भन्नुभयो। हामी स्वतन्त्र देश हौँ। युद्धका क्रममा हाम्रा जनता र मैले अमेरिका, ट्रम्प, बाइडेन र अन्य युरोपेली देशलाई के साबित गरिदएका छौँ भने हामीसँग बस र हाम्रा कुरा सुन भन्ने धारणाले अब काम गर्नेवाला छैन।
जेलेन्स्कीको उक्त अन्तर्वार्ताको एक अंश इलोन मस्कले पनि सार्वजनिक गर्दै भनेका छन्- उनको हास्य रस अद्भूत छ।
Shares

प्रतिक्रिया