ग्लोबल


रुसद्वारा पहिलोपटक युक्रेनमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

रुसद्वारा पहिलोपटक युक्रेनमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १५:१८,

रुसले युक्रेनमाथि अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेको युक्रेनी वायु सेनाले बताएको छ। 

बिहीबार सबेरै रुसको अस्त्राखान क्षेत्रबाट सो आक्रमण गरिएको युक्रेनको भनाइ छ। सो क्षेप्यास्त्र द्निप्र क्षेत्रमा लक्षित भएको जानकारी पनि दिइएको छ।

रुसले युक्रेनमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको यो पहिलोपटक हो। यस्ता क्षेप्यास्त्रले हजारौँ किलोमिटर टाढासम्म मार हान्न सक्छ।

युक्रेनले अमेरिकी र बेलायती लामो दूरीका क्षेप्यास्त्रले रुसमा प्रहार गरेपछि मस्कोले यो आक्रमण गरेको हो। 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ३ सय किमि मारक क्षमता भएको एटीएसीएमएस क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गर्ने अनुमति दिएका थिए। 

लगत्तै युक्रेनले सो अमेरिकी क्षेप्यास्त्र र बेलायत–फ्रान्समा निर्मित स्टोर्म स्याडो क्षेप्यास्त्रले रुसमा आक्रमण गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad