उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक युद्धको ‘यति खतरा’ यसअघि कहिल्यै नभएको बताएका छन्।
यो अवस्था आउनुमा उनले उत्तर कोरियाप्रति अमेरिकाको ‘आक्रामक र शत्रुतापूर्ण नीति’ जिम्मेवार भएको आरोप लगाएका छन्। साथै उनले अमेरिकी नीति कहिल्यै परिवर्तन हुन नसक्ने टिप्पणी पनि गरेका छन्।
उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार ‘किम जोङ उनले बिहीबार एक सैन्य प्रदर्शनीमा भने- कोरियाली प्रायद्वीपमा युद्धमा संलग्न पक्षले यसअघि कहिल्यै यस्तो खतरनाक टकरावको सामना गरेका थिएनन्। यो अहिलेसम्मकै सबैभन्दा विनाशकारी थर्मोन्युक्लियर युद्धमा परिणत हुन सक्छ।’
उनले भने, ‘उत्तर कोरिया अमेरिकासँगको वार्तामा जति अगाडि बढ्न सक्थ्यो, त्यति बढिसकेको छ।’
उत्तर कोरिया र रुसबीच घनिष्ठता बढिरहेका किम जोङ उनको यस्तो टिप्पणी आएको हो।
यो वर्ष रुसले उत्तर कोरियालाई हतियार र सैनिकको बदलामा १० लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो वक्तव्यमा रुसले युक्रेनी सेना र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर युद्धलाई बिगार्ने प्रयास गरिरहेको बताएका छन्।
Shares

प्रतिक्रिया