ग्लोबल


वायनाडमा प्रियंका गान्धी विजयी, भाजपा उम्मेदवार तेस्रो

वायनाडमा प्रियंका गान्धी विजयी, भाजपा उम्मेदवार तेस्रो

नेपालखबर
मंसिर ८, २०८१ शनिबार १८:२५, काठमाडौँ

केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेसकी उम्मेदवार प्रियंका गान्धी वाड्रा ४ लाखभन्दा बढी मतान्तरले विजयी भएकी छिन्।

शनिबार सम्पन्न मतगणनामा गान्धीले ६ लाख २२ हजार ३३८ मत गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले २ लाख ११ हजार ४०७ मत मात्रै ल्याउन सके।

सत्तारुढ भारतीय जनता पार्टीका नव्य हरिदासले भने १ लाख ९ हजार ९३९ मत मात्रै ल्याउन सकिन्।

लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए।

गान्धीले वायनाडबाट ३ लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए। उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad