ग्लोबल


डाक्टरले मृत घोषणा गरेका युवक चितामा जलाउन लाग्दा चलमलाएपछि...

डाक्टरले मृत घोषणा गरेका युवक चितामा जलाउन लाग्दा चलमलाएपछि...

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ८, २०८१ शनिबार २०:५०, जयपुर

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहितास कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोस्टमार्टम गरेन। 

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए। तर उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतक राख्ने कक्षमा पठाइयो। परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे। 

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ।

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, ‘एक जना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ।

‘चिता जलाउनुभन्दा केही समयअघि रोहितासको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,’ सिंहले भने। 

रोहितासलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो।

अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरिएको जनाएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad