ग्लोबल


माडागास्कर तटमा डुबे २ डुंगा, कम्तीमा २४ जनाको मृत्यु

माडागास्कर तटमा डुबे २ डुंगा, कम्तीमा २४ जनाको मृत्यु

माडागास्कर तट


नेपालखबर
मंसिर १०, २०८१ सोमबार ७:९, काठमाडौँ

माडागास्करको तटमा दुईवटा डुंगा पल्टिँदा २४ जनाको मृत्यु भएको छ।

स्थानीय प्रशासनका अनुसार ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक छन्।

सोमालियाको विदेश मन्त्रालयले बाँकी मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ। दुवै डुंगामा गरी जम्मा ७० जना सवार थिए।

एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई बताएअनुसार मानिसहरूलाई माछा मार्नेहरूले उद्धार गरेका थिए।

बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवा राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन्।

माडागास्करका अधिकारीहरूले मृतकमा अधिकांश आप्रवासी रहेको बताएका छन्।

माडागास्कर- हिन्द महासागरमा अवस्थित एक टापु राष्ट्र हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad