ग्लोबल


इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन, इस्लामावाद ठप्प

इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन, इस्लामावाद ठप्प

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १७:५२,

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ।

केही प्रदर्शनकारीहरू सुरक्षाकर्मीको अवरोध छेल्दै राजधानी इस्लामावादको केन्द्रमा रहेको डी चोक पुगेका छन्। उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यास र गोली समेत प्रहार गरेको बताइएको छ।

खानलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै ३ वर्षका लागि जेल हालिएको छ।

खानले आफ्ना समर्थकहरूलाई प्रदर्शनका लागि आह्वान गरेका हुन्। आइतबारबाट सुरु भएको प्रदर्शनमा सयौँ गिरफ्तार भइसकेका छन्।

सरकारले इस्लामावाद ठप्प पारेको छ। राजमार्गहरू छेकिएको छ भने खासखास क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको छ। 

खानको पार्टी पीटीआईले माग पूरा नहुञ्जेल प्रदर्शन जारी रहने बताएको छ। संसद् भवनबाहिर बस्ने उनीहरूको भनाइ छ। एजेन्सी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad