पाकिस्तान सरकारले मंगलबार इस्लामावादको डी चोकमा भेला भएका पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ता/समर्थकविरुद्ध सुरक्षाकर्मीले व्यापक कारबाही गरेको बताएको छ।
त्यस क्रममा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरू आफ्ना नेता खानको रिहाइ माग गर्दै आन्दोलनमा उत्रिएका थिए।
69
Shares

प्रतिक्रिया