ग्लोबल


इजरायल-हेजबुल्लाह युद्धविरामपछि घर फर्किंदाको खुसी (तस्बिर)

इजरायल-हेजबुल्लाह युद्धविरामपछि घर फर्किंदाको खुसी (तस्बिर)

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १४:४७, काठमाडौँ

इजरायल र हेजबुल्लाहबीचको युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू धमाधम घर फर्कन थालेका छन्।

यो सम्झौता अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेपछि बुधबारदेखि लागू भएको हो।

तर इजरायली सेनाले केही क्षेत्रमा आफ्ना नागरिक फिर्ता गर्न ‘ग्रिन सिग्नल’ दिएको छैन।

दक्षिणी लेबनान जाने राजमार्गमा मानिसहरूमा उत्साह देख्न सकिन्छ।

धेरैजसो लेबनान र इजरायलको सिमानामा अवस्थित दक्षिणी लेबनानका सहर र गाउँबाट ठूलो संख्यामा मानिसहरू भागेका थिए।

अर्कातर्फ, उत्तरी इजरायलको सीमामा रहेको यहुदी बस्ती महिनौंँदेखि खाली छ र केही मानिस यो सम्झौताबाट आक्रोशित छन्।

तर, दुवै पक्षबाट विस्थापित नागरिकको फिर्ताका लागि दुवै पक्ष एक कदम अगाडि बढेका छन्।

घर फर्केका कतिपयले आफ्नो घर भग्नावशेषमा परेको पाए । तर, धेरैको अनुहारमा फर्केको खुसी देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad