ग्लोबल


ट्रम्पद्वारा सेवानिवृत्त लेफ्टिनेन्ट जनरललाई युक्रेन-रुसका लागि विशेष दूत नियुक्त गर्ने घोषणा

ट्रम्पद्वारा सेवानिवृत्त लेफ्टिनेन्ट जनरललाई युक्रेन-रुसका लागि विशेष दूत नियुक्त गर्ने घोषणा

डोनाल्ड ट्रम्प र किथ केलोग


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १०:४२, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार र सेवानिवृत्त लेफ्टिनेन्ट जनरल किथ केलोगलाई रुस-युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गर्ने घोषणा गरेका छन्।

केलोगले युक्रेनमा युद्ध अन्त्य गर्न वार्तामा मुख्य भूमिका खेल्ने सम्भावना छ।

ट्रम्पले पदभार सम्हालेकै दिनमै यो युद्ध अन्त्य गर्ने वाचा गरेका थिए, यद्यपि उनले यस सम्बन्धमा थप जानकारी दिएका छैनन्।

केलोग रुस र युक्रेनसँग युद्ध अन्त्य गर्न कडा वार्ताका समर्थक थिए।

केलोग अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट, ट्रम्प समर्थक थिंक ट्याङ्कद्वारा प्रकाशित एक शोधपत्रका सहलेखक थिए र उनले युद्ध समाप्त गर्नका लागि केही सुझावहरू प्रस्ताव गरे।

यस महिनाको सुरुमा फक्स न्युजसँगको अन्तर्वार्तामा केलोगले भनेका थिए- ट्रम्पको दोस्रो कार्यकालमा सबैभन्दा ठूलो चुनौती युद्ध अन्त्य गर्नु हो।

केलोगको प्रस्ताव युक्रेनलाई रुससँग शान्ति वार्तामा सामेल हुन दबाब दिने र त्यस अवस्थामा किभलाई अमेरिकी सहयोग दिने हो। यदि मस्को शान्ति वार्तामा सामेल भएन भने वासिङटनले किभलाई दिइने सहायता बढाउनु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad