ग्लोबल


प्रियंका गान्धीले खाइन् सांसदको शपथ

प्रियंका गान्धीले खाइन् सांसदको शपथ

सांसदको शपथ खाँदै प्रियंका गान्धी


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १२:१३, काठमाडौँ

प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ खाएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान करिब ११ बजे सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर सांसदको शपथ खाएकी हुन्।

हालै भएको लोकसभा उपचुनावमा उनी केरलाको वायनाड सिटमा विजयी भएकी हुन्। 

प्रियंका गान्धीले पहिलोपटक चुनाव लडेकी थिइन्।

भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी यस वर्ष भएको लोकसभा चुनावमा रायबरेली र वायनाड दुवै ठाउँमा विजयी भएका थिए। त्यसपछि उनले एउटा सिट वायनाड छाडेका थिए। त्यसैमा प्रियंका उपचुनाव लडेकी हुन्। 

यस्तै आज महाराष्ट्रबाट विजयी रवीन्द्र वसन्तराव चह व्हाणले पनि लोकसभा सदस्यको शपथ खाएका छन्। उनले मराठी भाषामा शपथ खाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

कंग्रेसको टिकटमा नान्देडबाट चुनाव जितेर चव्हाण संसद्‌मा पुगेका हुन्। यो सिट वसन्तराव बलवंतराव चव्हाणको निधनपछि खाली भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad